Skip to main content

Posts

Showing posts from March, 2010

वृश्चिक राशी

२०६६ साल » वृश्चिक राशी तो ना नी न‍ू ने नो या यि यु यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको तेस्रो स्थान र केतुले नवौँ स्थानको भ्रमण गदै आएका छन् र त्यस कारण राहु र केतु यस स्थानमा बसुन्जेल सम्म हरेक ठाँउमा तपाईको इज्जत रहला । कुनै राम्रो व्यक्तिले तपाईलाई बाही बाही गर्नेछन् । घर गृहस्थी जायजेथाको प्राप्ति होला । सामान्यतः दैनिक नोक्सानी पनि पर्न सक्ला । खर्चबाट बच्नु राम्रो होला । तपाईमाथि धोका हुन सक्नेछ । धेरै प्रयत्नले मात्र काम सफल होला। कार्त्तिक १९ गतेबाट राहुले तेस्रो स्थान पार गर्नाले र केतु आठौँ हुनाले तपाईको कुनै काम पूरा हुन नसक्ला । सुख तथा आनन्दको सही अनुभव हुन नसक्ला । व्यवसायमा सफलता सामान्य रहला । उज्ज्वल भविष्प्रति चिन्तित हुनुपर्ला । शनि ग्रह ग्रह भएको वर्षटै दशौँ स्थानको भ्रमण गर्दै आएकोले उच्च अधिकारीबाट नीजि शक्ति बढ्नेछ । विभिन्न कामकाजहरु सफल हुनेछन् । तर दुःख पनि त्यति नै पर्ला । आर्थिक लाभको दृष्टिले र्सार्वभौम सफलता मिल्ला । श्रेष्ठ निकायको सर्म्पर्कले उन्नति होला । निश्चय पनि हरेक काममा घुमफिर गर्नुपर्ला । अर्थतन्त्र र शरिर सन्तुलन ठीक रहला । अधि