Skip to main content

वृश्चिक राशी


वृश्चिक
२०६६ साल » वृश्चिक राशी
तो ना नी न‍ू ने नो या यि यु
यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको तेस्रो स्थान र केतुले नवौँ स्थानको भ्रमण गदै आएका छन् र त्यस कारण राहु र केतु यस स्थानमा बसुन्जेल सम्म हरेक ठाँउमा तपाईको इज्जत रहला । कुनै राम्रो व्यक्तिले तपाईलाई बाही बाही गर्नेछन् । घर गृहस्थी जायजेथाको प्राप्ति होला । सामान्यतः दैनिक नोक्सानी पनि पर्न सक्ला । खर्चबाट बच्नु राम्रो होला । तपाईमाथि धोका हुन सक्नेछ । धेरै प्रयत्नले मात्र काम सफल होला।

कार्त्तिक १९ गतेबाट राहुले तेस्रो स्थान पार गर्नाले र केतु आठौँ हुनाले तपाईको कुनै काम पूरा हुन नसक्ला । सुख तथा आनन्दको सही अनुभव हुन नसक्ला । व्यवसायमा सफलता सामान्य रहला । उज्ज्वल भविष्प्रति चिन्तित हुनुपर्ला ।


शनि ग्रह ग्रह भएको वर्षटै दशौँ स्थानको भ्रमण गर्दै आएकोले उच्च अधिकारीबाट नीजि शक्ति बढ्नेछ । विभिन्न कामकाजहरु सफल हुनेछन् । तर दुःख पनि त्यति नै पर्ला । आर्थिक लाभको दृष्टिले र्सार्वभौम सफलता मिल्ला । श्रेष्ठ निकायको सर्म्पर्कले उन्नति होला । निश्चय पनि हरेक काममा घुमफिर गर्नुपर्ला । अर्थतन्त्र र शरिर सन्तुलन ठीक रहला । अधिक व्यस्त रहनाका कारणले मानसिक असन्तोष हुनेछ । खर्चलाई नियन्त्रण गर्नुपर्ला ।

भदौ २० बाट शनिले दसौँ स्थान पार गरि एघारौँमा जानाले तपाईलाई शुभ फल मिल्ला । धन आगमन तर्फसन्तुष्टि मिल्ला । र्व्यर्थ खर्चका कारण दिक्क हुनु पर्ला । व्यावसायिक तथा व्यवहारिक कुशलताले हरेक काम सजिलैसँग सम्पन्न हुनेछ । माघ महिनाबाट एघारौँ शनि बक्री भएकाले अतः व्यापारमा हानी होला । धनको अभाव, व्यर्थैकोको खर्च, मानसिक सन्ताप आदिको सम्भावना छ । तपाईमा निर्णयक्षमताको पनि कसी होला ।

यस वर्षो वैशाख ६ गतेबाट बृहस्पति तपाईको राशिको चौथो स्थानको यात्रामा रहेकाले पुरुषार्थ तथा साहसको कमी रहला । भाग्यको विपरित प्रभाव पर्ला । अध्ययनका क्षेत्रमा वाधाको योग छ । यदाकदा धनको हानी होला । शरिरमा कष्ट, रोग, पीडा हुनसक्ला । झन्फटको सामना गर्नूपर्नेछ । अधिक प्रयत्न र संघर्षले पदोन्नति होला । स्थानान्तरणको पनि सम्भावना छ । विवादमा सफलता मिल्ला । व्यर्थैकोको खर्चमा सुधार होला ।

असार महिनाबाट बक्री बृहस्पति उल्टो फर्किनाले तपाईलाई कष्टकारी होला । तपाईको विरुद्धमा उच्च अधिकारीहरु लाग्नेछन् । तपाईमाथि शत्रुहरु प्रभावित हुनेछन् ।

तपाईलाई कुनै पुरानु चिन्ताले नछाड्ला । विघटनकारी तत्वबाट चिन्ता पैदा होला । संघर्षले जीवनयापन गर्नुपर्ला । पारिवारिक झमेला निवारण हुने छैन । मानसिक सुख र शान्ति दर्ुबल हुनेछ ।

साउन २४ गतेबाट उल्टो गुरु तेस्रो स्थानमा जानाले पदोन्नतिको योग छ । स्थानान्तरणको पनि सम्भावना छ । गृह निर्माण आदि काममा रोकावट आउला । उन्नत पदस्थापनको मौका आएर पनि गुम्ला । तपाईलाई पछुतो पर्ला । परिवारका तर्फाट सुख सामान्य रहला।

मंसिर २९ गतेबाट बृहस्पति फेरि चौथो स्थानमा जानाले पारिवारिक काममा खर्च बढ्ला । संघर्षले केही काम सार्थक बन्ला । शत्रु बाधा आउला । मानसिक चिन्ता होला । 

Comments

Popular posts from this blog

वृश्चिक राशि वार्षिक राशिफल २०८२

राशि: वृश्चिक (Scorpio) | स्वामी: मंगल | रंग: गहिरो रातो, मरून | मूलांक: ९, ८, ४ सामान्य वार्षिक फल: प्रिय वृश्चिक राशिका साथीहरु, २०८२ साल तपाईंको लागि transformation, intensity र आन्तरिक शक्तिको वर्ष हुनेछ। मंगल ग्रहको प्रबल प्रभावले तपाईंलाई courage, determination र कुनै पनि challenge सामना गर्ने साहस दिनेछ। यस वर्ष तपाईंले आफ्नो जीवनमा गहिरो परिवर्तनहरु अनुभव गर्नुहुनेछ र पुराना problems हरुबाट मुक्ति पाउनुहुनेछ। तर, jealousy र suspicion को tendency बाट सावधान रहनुहोला। Relationships मा trust र transparency राख्नु जरुरी छ। आफ्नो intense energy लाई positive कामहरुमा channel गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष powerful छ। Research, surgery, psychology, police र investigation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष रूपमा लाभदायक छ। Business मा competitive edge बढ्नेछ। Students ले research-based studies मा excellence हासिल गर्नेछन्, तर stubbornness बाट बच्नुहोला। आर्थिक स्थिति: Financial status मा ups and downs आउन सक्छ। Investments मा high-risk high-return scenarios आउ...

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। चिताएकाे काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०७२ सालको बार्षिक राशि फल

बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछन् । आँटेका काममा सजिलै सफलता पाउनुहोला ।नयाँ कामको अवसर पनि मिल्नेछ ।अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ । भाग्यले साथ दिने, धार्मिक कृर्तिका कामहरू गर्ने गराउने अवसर मिल्ने, सामाजिक प्रतिष्ठा बढ्ने योगछ । कुराकाटनेहरू आफैँ निस्तेज हुनेछन् । आम्दानीका अवसरहरू पर्याप्त मिल्नेछन् । प्रेम गर्नेहरुका लागि समय अनुकूल रहनेछ,वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तीको पनि सम्भावना छ । घर सम्पत्तिजोड्ने अवसर पनि मिल्नेछ । बौद्धिक कार्यलाइ तीव्ररूपले अघिबढाउन सकिनेछ । पढाईमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । राज्यबाट सम्मान पाउने योगछ । आषाढ २६ पछि दशम गुरु प्रतिकूल हुने राशिको, शनिपनि प्रतिकूल रहनेभएकोले समय राम्रो रहनेछैन । मनमा चिन्ता बढ्ने काममा अवरोध आउने, स्वास्थमा समस्या सिर्जना हुने योगछ । विश्वासगरेकाले धोकादिनेछन् घरेलु समस्या बढ्ने, मित्रहरुले धोकादिने भएकोले संयम हुनुहोला । काममा तगारो लगाउनेहरू सक्रिय हुनेछन् । सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला माघदेखि राहु दशमा भावमा आउने हुनाले नोकारीमा समस्या आउनेछ । स्था...