Skip to main content

२०८० | वार्षिक राशिफल

 बृहस्पति र शनि प्रतिकूल रहने हुँदा यो वर्ष उपलब्धिका लागि लामो समय संघर्ष गर्नुपर्ने देखिन्छ। वर्षभरि बृहस्पति शत्रुभावमा रहने हुँदा अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्नेछ। स्वास्थ्य र धनको चिन्ताले सताउन सक्छ। शत्रुता साध्नेहरू जाग्नेछन् भने शुभचिन्तकहरू उदासीन रहनाले महत्त्वाकांक्षा कुण्ठित हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन अशान्त भइरहने छ। गृहसुखमा रहने शनिको अढैया प्रभावले परिवारमा द्वन्द्व, झुटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहनेछन्। काम बिग्रने डरले पनि सताइरहने छ। आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। साझेदारीमा असमझदारी बढ्न सक्छ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। परिवारजनमा विश्वासको संकट देखापर्नेछ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। वर्षको पूर्वार्धमा केतुले खर्च बढाए पनि राहुको अनुकूल प्रभावले शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। आँटले काम लिँदा उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन् र अड्किएको धन प्राप्त हुनेछ। उपलब्धिमूलक कार्य सम्पादन गर्न नसकिए पनि नियमित काम बन्नाले व्यवहार निर्वाह हुनेछ। कृषि, पशुपालन र उद्योगतर्फ फाइदा हुनेछ। वर्षको उत्तरार्धमा केतुको प्रभावले आयस्रोत सबल बन्नेछ। तर राहुको प्रभावले विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। परिस्थितिवश लोकमा अपकीर्ति फैलिने र मानहानि हुने सम्भावना देखिएकाले सजग रहनुपर्नेछ। जन्मसमयमा बृहस्पति, शनि, राहु र केतु प्रतिकूल हुनेहरूले सम्बद्ध ग्रहदेवताको आराधना र अनुष्ठान गर्दा शुभफल प्राप्त हुनेछ। बृहस्पतिका लागि शिवजी र बगलामुखी, शनिका लागि काली भगवती तथा राहु र केतुका लागि बटुक भैरवको पूजा गर्नुहोला। शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिको अढैया समय पनि अनुकूल बन्न सक्छ। यो वर्ष वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन्।



उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) 

Comments

Popular posts from this blog

वृश्चिक राशि वार्षिक राशिफल २०८२

राशि: वृश्चिक (Scorpio) | स्वामी: मंगल | रंग: गहिरो रातो, मरून | मूलांक: ९, ८, ४ सामान्य वार्षिक फल: प्रिय वृश्चिक राशिका साथीहरु, २०८२ साल तपाईंको लागि transformation, intensity र आन्तरिक शक्तिको वर्ष हुनेछ। मंगल ग्रहको प्रबल प्रभावले तपाईंलाई courage, determination र कुनै पनि challenge सामना गर्ने साहस दिनेछ। यस वर्ष तपाईंले आफ्नो जीवनमा गहिरो परिवर्तनहरु अनुभव गर्नुहुनेछ र पुराना problems हरुबाट मुक्ति पाउनुहुनेछ। तर, jealousy र suspicion को tendency बाट सावधान रहनुहोला। Relationships मा trust र transparency राख्नु जरुरी छ। आफ्नो intense energy लाई positive कामहरुमा channel गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष powerful छ। Research, surgery, psychology, police र investigation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष रूपमा लाभदायक छ। Business मा competitive edge बढ्नेछ। Students ले research-based studies मा excellence हासिल गर्नेछन्, तर stubbornness बाट बच्नुहोला। आर्थिक स्थिति: Financial status मा ups and downs आउन सक्छ। Investments मा high-risk high-return scenarios आउ...

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। चिताएकाे काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०७२ सालको बार्षिक राशि फल

बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछन् । आँटेका काममा सजिलै सफलता पाउनुहोला ।नयाँ कामको अवसर पनि मिल्नेछ ।अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ । भाग्यले साथ दिने, धार्मिक कृर्तिका कामहरू गर्ने गराउने अवसर मिल्ने, सामाजिक प्रतिष्ठा बढ्ने योगछ । कुराकाटनेहरू आफैँ निस्तेज हुनेछन् । आम्दानीका अवसरहरू पर्याप्त मिल्नेछन् । प्रेम गर्नेहरुका लागि समय अनुकूल रहनेछ,वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तीको पनि सम्भावना छ । घर सम्पत्तिजोड्ने अवसर पनि मिल्नेछ । बौद्धिक कार्यलाइ तीव्ररूपले अघिबढाउन सकिनेछ । पढाईमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । राज्यबाट सम्मान पाउने योगछ । आषाढ २६ पछि दशम गुरु प्रतिकूल हुने राशिको, शनिपनि प्रतिकूल रहनेभएकोले समय राम्रो रहनेछैन । मनमा चिन्ता बढ्ने काममा अवरोध आउने, स्वास्थमा समस्या सिर्जना हुने योगछ । विश्वासगरेकाले धोकादिनेछन् घरेलु समस्या बढ्ने, मित्रहरुले धोकादिने भएकोले संयम हुनुहोला । काममा तगारो लगाउनेहरू सक्रिय हुनेछन् । सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला माघदेखि राहु दशमा भावमा आउने हुनाले नोकारीमा समस्या आउनेछ । स्था...