Skip to main content

Posts

Showing posts from September, 2016

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा कर्मभावमा रहेका बृहस्पतिले विभिन्न अवसर जुराए पनि राहुको प्रभावले कर्मक्षेत्र संघर्षपूर्ण बन्नेछ। जन्मराशिमा बसेका शनिको कर्मभावमा दृष्टिसमेत परेकाले चिताएको काम पटकपटक दोहोर्याएर प्रयत्न गर्दा मात्र सम्पादन हुन सक्छ। साउन २२ गतेदेखि आयभावमा बृहस्पतिको प्रवेशले समय अनुकूल बन्दै जानेछ। प्रेमसम्बन्धले विवाहको मार्ग अवलम्बन गर्नेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। राजनीतिमा पनि महत्वपूर्ण स्थान प्राप्त हुने सम्भावना छ। वर्षभरि शनिको मध्य र अन्त्य साढेसाती भएकाले जन्मसमयमा शनि कमजोर हुनेहरूलाई आरोप आइलाग्ने, चिन्ता बढ्ने, काममा बाधा हुने तथा स्वास्थ्य कमजोर बन्ने सम्भावना छ। पिताको समेत स्वास्थ्य कमजोर बन्न सक्छ। वैचारिक द्वन्द्वले प्रेममा उतारचढाव ल्याउनेछ। मातापिता एवं नजिकका व्यक्तित्वहरूबाट अनायासै टाढिनुपर्ने स्थिति आउन सक्छ। राजनीति तथा नोकरीमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भदौदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनका लागि विशेष अवसर प्राप्त हुने ग्रहयोग छ। जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले विधिपूर्वक काली भगवती र बटुक भैरवको उपासना, शनिको