Skip to main content

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा कर्मभावमा रहेका बृहस्पतिले विभिन्न अवसर जुराए पनि राहुको प्रभावले कर्मक्षेत्र संघर्षपूर्ण बन्नेछ। जन्मराशिमा बसेका शनिको कर्मभावमा दृष्टिसमेत परेकाले चिताएको काम पटकपटक दोहोर्याएर प्रयत्न गर्दा मात्र सम्पादन हुन सक्छ। साउन २२ गतेदेखि आयभावमा बृहस्पतिको प्रवेशले समय अनुकूल बन्दै जानेछ। प्रेमसम्बन्धले विवाहको मार्ग अवलम्बन गर्नेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। राजनीतिमा पनि महत्वपूर्ण स्थान प्राप्त हुने सम्भावना छ। वर्षभरि शनिको मध्य र अन्त्य साढेसाती भएकाले जन्मसमयमा शनि कमजोर हुनेहरूलाई आरोप आइलाग्ने, चिन्ता बढ्ने, काममा बाधा हुने तथा स्वास्थ्य कमजोर बन्ने सम्भावना छ। पिताको समेत स्वास्थ्य कमजोर बन्न सक्छ। वैचारिक द्वन्द्वले प्रेममा उतारचढाव ल्याउनेछ। मातापिता एवं नजिकका व्यक्तित्वहरूबाट अनायासै टाढिनुपर्ने स्थिति आउन सक्छ। राजनीति तथा नोकरीमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भदौदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनका लागि विशेष अवसर प्राप्त हुने ग्रहयोग छ। जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले विधिपूर्वक काली भगवती र बटुक भैरवको उपासना, शनिको मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ। आर्थिक रूपमा असार, कात्तिक र फागुन महिना कमजोर देखिन्छन् भने वैशाख, भदौ, असोज र माघ महिनामा फाइदा हुनेछ।

Comments

Popular posts from this blog

वृश्चिक राशि वार्षिक राशिफल २०८२

राशि: वृश्चिक (Scorpio) | स्वामी: मंगल | रंग: गहिरो रातो, मरून | मूलांक: ९, ८, ४ सामान्य वार्षिक फल: प्रिय वृश्चिक राशिका साथीहरु, २०८२ साल तपाईंको लागि transformation, intensity र आन्तरिक शक्तिको वर्ष हुनेछ। मंगल ग्रहको प्रबल प्रभावले तपाईंलाई courage, determination र कुनै पनि challenge सामना गर्ने साहस दिनेछ। यस वर्ष तपाईंले आफ्नो जीवनमा गहिरो परिवर्तनहरु अनुभव गर्नुहुनेछ र पुराना problems हरुबाट मुक्ति पाउनुहुनेछ। तर, jealousy र suspicion को tendency बाट सावधान रहनुहोला। Relationships मा trust र transparency राख्नु जरुरी छ। आफ्नो intense energy लाई positive कामहरुमा channel गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष powerful छ। Research, surgery, psychology, police र investigation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष रूपमा लाभदायक छ। Business मा competitive edge बढ्नेछ। Students ले research-based studies मा excellence हासिल गर्नेछन्, तर stubbornness बाट बच्नुहोला। आर्थिक स्थिति: Financial status मा ups and downs आउन सक्छ। Investments मा high-risk high-return scenarios आउ...

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। चिताएकाे काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०७२ सालको बार्षिक राशि फल

बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछन् । आँटेका काममा सजिलै सफलता पाउनुहोला ।नयाँ कामको अवसर पनि मिल्नेछ ।अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ । भाग्यले साथ दिने, धार्मिक कृर्तिका कामहरू गर्ने गराउने अवसर मिल्ने, सामाजिक प्रतिष्ठा बढ्ने योगछ । कुराकाटनेहरू आफैँ निस्तेज हुनेछन् । आम्दानीका अवसरहरू पर्याप्त मिल्नेछन् । प्रेम गर्नेहरुका लागि समय अनुकूल रहनेछ,वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तीको पनि सम्भावना छ । घर सम्पत्तिजोड्ने अवसर पनि मिल्नेछ । बौद्धिक कार्यलाइ तीव्ररूपले अघिबढाउन सकिनेछ । पढाईमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । राज्यबाट सम्मान पाउने योगछ । आषाढ २६ पछि दशम गुरु प्रतिकूल हुने राशिको, शनिपनि प्रतिकूल रहनेभएकोले समय राम्रो रहनेछैन । मनमा चिन्ता बढ्ने काममा अवरोध आउने, स्वास्थमा समस्या सिर्जना हुने योगछ । विश्वासगरेकाले धोकादिनेछन् घरेलु समस्या बढ्ने, मित्रहरुले धोकादिने भएकोले संयम हुनुहोला । काममा तगारो लगाउनेहरू सक्रिय हुनेछन् । सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला माघदेखि राहु दशमा भावमा आउने हुनाले नोकारीमा समस्या आउनेछ । स्था...